सिटिजन लाइफको आइपीओ बाँडफाँड मिति तय

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आइपीओ आगमी २७ गते बाँडफाँड गर्ने तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले भदौ १५ गते शुक्रबारदेखि प्रिमियममा आइपीओ निष्काशन गरेको थियो । कम्पनीको आइपीओमा १५ लाख बढीको आवेदन दिएका छन् । अन्तिम तथ्याङक अनुसार उक्त आइपीओमा १५ लाख ८४ हजार ६१३ जनाले १ करोड ७५ लाख ६८ हजार ९१० कित्तका लागि आवेदन दिएका हुन् । उक्त वापत ४ अर्ब २८ करोड ६८ लाख १४ हजार ४० रुपैयाँ संकलन भएको छ ।

यस हिसावमा योग्य आवेदनबाट ९ लाख जनाले शेयर १० कित्ताका दरले हात पार्नेछन् । ६ लाख ८४ हजार ६१३ जनाले शेयर नपाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।

Comments

Back to top