ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, १०.५२ प्रतिशत लाभांश दिने

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ।

सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, क्यापिटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन प्रस्ताव पनि पारित गरेको छ ।

Comments

Back to top