अब कम्पनीले शेयर निष्काशनका लागि विद्युतिय माध्यमबाटै निवेदन पेश गर्न सकिने

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (सातौै संशोधन) नियमावली, २०८० मा प्राथमिक शेयर निष्काशनको लागि आवश्यक कागजात विद्युतिय माध्यमबाट पेश गर्न सकिने व्यवस्था गरेको छ ।

बोर्डले उक्त नियमावलीको नियम ४७ मा ४७ (क) थपेर यस्तो व्यवस्था लागु गरेको हो । सो संशोधित नियमावलीमा “विद्युतीय माध्यमबाट पेश गर्न सक्ने सङ्गठित संस्थाले बोर्डमा धितोपत्र निष्कासन सम्बन्धी कागजात तथा विवरण बोर्डले तोकेको विद्युतीय माध्यमबाट समेत पेस गर्न सक्ने छ” भनि व्यवस्था गरिएको छ ।

यसअघिसम्म कम्पनीले शेयर निष्काशन गर्नुअघि कागजी रुपमा लिखित निवेदन लिएर बोर्ड जानुपर्ने बाध्यता रहेको थियो । अबभने यो व्यवस्थाको अन्त्य हुने भएको छ । बोर्डले तोकेको विद्युतिय माध्यमको प्रयोग गरेर कार्यालयबाटै निवेदन पेश गर्न सक्नेछन् ।

Comments

Back to top