हाथवे इन्भेष्टमेन्टको आइपीओमा एकैदिन २ लाख ८३ हजार बढीको आवेदन

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओमा २ लाख ८३ बढीको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात भदौ २१ गते साझ ५ः०६ बजेसम्म २ लाख ८३ हजार १० जनाले ३४ करोड ९७ लाख ९२ हजार रुपैयाँ बराबरको ६९ लाख ९५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आज भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीको आइपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

Comments

Back to top