नेप्सेमा उच्च अंकको गिरावट, कारोबारमा भने केही सुधार!

बिहिबार सेयर बजार उच्च अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.९५ विन्दुमा झरेको छ।

यस दिन कुल ३७ लाख ६९ हजार ०३३ कित्ता सेयर १ अर्ब १५ करोड ९ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७६ कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, २०३ कम्पनी मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन सबै उप-सूचकहरु नकारात्मक रहेका छन्। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप शुभम पावर लिमिटेड रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.७१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन लिबर्टी इनर्जी लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ६ करोड १५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। 

Comments

Back to top