लिभरपुलका चार खेलाडी यसै सिजनबाट बिदा हुने, सम्मानमा शनिबार बिशेष कार्यक्रम

अन्तत: लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ ।

सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुल छाडने निश्चित भएकाे छ ।

लिभरपुल छाडन लागेका  चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिदैछ । सो सम्झौता सकिएसँगै उनीहरुले क्लब छाड्न लागेका हुन् । 

बिगतमा अर्थात २०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यीनीहरुको महत्वपुर्ण भुमिका रहेको लिभरपुल ब्यवस्थापनले स्मरण गरेको छ । जसका कारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रुपमा बिदाई सन्देश दिनका लागि कार्यक्रमको आयोजनासमेत गरेको छ । 

सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेलसमेत हुनेछ । 

 

Comments

Back to top