ज्योति विकास बैंक र निओ मनि ट्रान्सफरबीच सम्झौता
ज्योति विकास बैंकले राष्ट्र बैंकबाट इजाजत प्रूाप्त निओ मनि ट्रान्सफरसंग नीतिगत साझेदारी गरेको छ । यो सहकार्यको लक्ष्य ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवाहरू प्रदान गर्ने हो ।
यस सम्झौता अन्तर्गत, विदेशबाट निओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब ज्योति विकास बैंकका नेपालभरिकै विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सक्नेछन् ।
यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्तिहरू र परिवारहरूलाई छिटो, सुरक्षित, र सहज वित्तीय सेवाहरू सुनिश्चित गर्दछ ।
निओ मनी ट्रान्सफरसँगको एकिकरणले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थानलाई सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्दछ ।
बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।
साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको जनाएको छ ।
एजेन्सी
Comments