मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्त पीडितलाई राहत
मौद्रिक नीतिको त्रैमासिक समीक्षाले लघुवित्त पीडितलाई राहत हुने योजनाहरू कार्यान्वयनमा ल्याएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित ग्राहक गुनासालाई सम्बोधन गर्ने र ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ ।
समीक्षामा लघुवित्त संस्थाका ग्राहकहरूलाई आर्थिक राहत दिने र सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थालाई पुनरावलोकन गर्ने जस्ता योजनाहरू कार्यान्वयनमा आएको जनाएको छ । साथै, परिस्थितिवश ऋण तिर्न असमर्थ ग्राहकका लागि पुनर्तालिकीकरण सुविधा प्रदान गरिने घोषणा गरिएको छ ।
मौद्रिक नीतिको यो समीक्षाले लघुवित्त क्षेत्रको सेवा सुधार गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकहरूको आर्थिक सुरक्षालाई थप बलियो बनाउने लक्ष्य राखेको जनाइएको छ ।
एजेन्सी
Comments