अमलाको धुलो र मिश्री खानुका फाइदा

अमलाको धुलो र मिश्री स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । विशेष गरी गर्मी मौसममा यसको सेवन लाभदायक हुन्छ ।

यसले पेटसँगै रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्ने काम गर्छ । अमलाको धुलो र मिश्री सेवन गर्दा पाइने फाइदाहरु यसप्रकारका छन्–

-मिश्रीमा क्याल्सियम, फस्फोरस, आइरन, पोटाशियम तथा एन्टीअक्सीडेन्ट जस्ता पोषक तत्वहरु पाइन्छन् ।

– अमलाको धुलो र मिश्री खानु पेटका लागि एकदमै फाइदाजनक हुन्छ । यसले पाचन तन्त्रलाई राम्रो बनाउने काम गर्छ र ग्यास, अपच आदि समस्याबाट राहत दिन्छ ।

– अमलाको धुलो र मिश्रीलाई एकसाथमा खानाले रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । यसमा भिटामिन सी, जिंक र एन्टीअक्सीडेन्ट जस्ता तत्व पाइन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

-यदी तपाईंको शरीरमा रगतको मात्रा कम भइरहेको छ भने पनि यो मिश्रणलाई सेवन गर्न सक्नुहुन्छ । यसमा प्रसस्त आइरनको मात्रा पाइने भएकाले रगत बढाउन सकिन्छ ।

– यदी तौल घटाउने खानपानको सेवन गरिरहनु भएको छ भने अमलाको धुलो र मिश्री पानीको सेवन एकदमै फाइदाजनक हुन्छ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ जसले गर्दा बोसो कम गर्न सजिलो हुन्छ ।

–  व्यायाम अघि वा पछि यो मिश्रणलाई पानीमा मिसाएर पिउने गरेमा ऊर्जा प्राप्त हुन्छ । यसले शारीरिक कमजोरीलाई कम गर्ने गर्दछ ।

एजेन्सी

Comments

Back to top