नेप्सेमा ८.३० अंकको गिरावट, सेयर कारोबार ८ अर्ब ५४ करोड!

बिहिबार नेप्से परिसूचक ८.३० अंकले घटेर २,७४८.०५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयरको करिब ८ अर्ब ५४ करोड ५५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ, १९५ कम्पनीको मूल्यमा गिरावट छ ।

यस दिन कारोबार भएका ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा विसाल बजार कम्पनी लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा एक्सेल डेभलपमेन्ट बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ८ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top