आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपतिको अष्ट्रेलिया र पुपुवा न्युगिनीको भ्रमण अन्तिम समयमा रद्ध

कर्जा संकट गहिरिदै गएकाे भन्दै अमेरिकन राष्ट्रपति बाइडेनको अस्ट्रेलिया र पपुवा न्युगिनी भ्रमण रद्ध भएको छ ।

आगामी साता हुने भनिएको अष्ट्रेलिया र पपुवान्युगिनीको भ्रमण राष्ट्रपति बाइडेनले अन्तिममा आएर रद्द गरेका हुन् ।

जी–७ सम्मेलनमा सहभागी भएपछि उनले यी देशमा भ्रमण गर्ने तय भएको थियो । अब राष्ट्रपति बाइडेनले जापानमा हुने जी–७ सम्मेलनमा सहभागी भएपछि सोझै अमेरिका फर्किने छन् । 

जसकाकारण अस्ट्रेलियामा आयोजना हुँदै गरेको ‘क्वाड’ सम्मेलनमा अब उनको सहभागिता रहने छैन । ‘क्वाड’ मा सम्मिलित देशहरूको बैठक यही मे २२ देखि २४ तारिखसम्म सिड्नीमा आयोजना हुँदैछ । 

अमेरिकालाई अहिले ३१ हजार ४ सय अर्ब डलर ऋणको बोझ छ । साथै, सरकारले उधारो लिने सीमा पार गरिसकेको छ । तर, ऋण तिर्नका लागि अमेरिकाले अझै ऋण लिनुपर्ने भए पछि अमेरिकी अर्थतन्त्र गहिरो संकटमा पर्न गएको छ । 

यसैबिच, पपुवा न्युगिनीमा हुन लागेको बाइडेनको भ्रमण भने निकै ऐतिहासिक मानिएको थियो । अमेरिकाका बहालवाला राष्ट्रपतिले पहिलो पटक प्यासिफिक आइल्यान्डस्थित देशको भ्रमण गर्न लागेको अवसरमा त्यो क्षेत्रमा उत्साह छाएको थियो । तर, वाईडेनले अन्तिममा भ्रमण रद्ध गरे पछि निराशा छाएको जनाईएको छ । 

Comments

Back to top