राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्न चिनियाँ विशेष दूत युक्रेनमा
युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ आइपुगेका छन् ।
चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी आइपुगेका हुन् ।
मङ्गलबार युक्रेनलाई ‘मध्यस्थताका लागि पहल’ को आवश्यकता नरहेको यूक्रेनी अधिकारीले बताएका थिए । नाम नबताउने शर्तमा युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीसँग भने, “युक्रेनको खर्चमा सम्झौता गरेर युद्ध अन्त्य गर्दा काम हुँदैन ।”
चीनले युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ ।
Comments