केन्या र सोमालिया ११ वर्षदेखि बन्द आफ्ना सीमा नाका पुनः खोल्न सहमत
केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सहमत भएका छन् ।
आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी अनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछन् । त्यसैगरी गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछन् । त्यसैगरी अन्य नाकाहरु पनि क्रमशः खोलिनेछन् ।
केन्याले सन् २०१२ मा अल-शबाब आतङ्कवादी समूहबाट बढेको आतङ्ककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो । जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताएका छन् ।
Comments