अमेरिकास्थित गिर्जाघर बाहिर अठार वर्षीय युवकद्वारा गाेली हानी ३ जनाको हत्या

अठार वर्षीय बन्दुकधारी युवकले सोमबार अमेरिकास्थित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।

गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले  उल्लेख गरेको छ।  गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ ।

अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते बनाएको प्रहरीले बताएको छ।

सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिङ्टन प्रहरीले फेसबुक मार्फत जानकारी दिँदै एकजना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ।

 

Comments

Back to top