युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट ४०० ड्रोन खरिद गरेको अमेरिकाको दाबी
युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको अमेरिकाले दाबी गरेको छ । यसअघि पनि रुसले इरानबाट ४०० ड्रोन खरिद गरिसकेको छ।
बाइडेन सरकारले गत वर्ष स्याटेलाइट तस्बिर र खुफिया जानकारी सार्वजनिक गरेको थियो । जसअनुसार, इरानले सयौं ड्रोन रुसलाई बिक्री गरेको थियो ।
विगत केही महिनादेखि अमेरिकी अधिकारीहरूले पनि इरानले रुसलाई सयौं क्षेप्यास्त्र बेच्ने विचार गरिरहेको बताउँदै आएका छन् । तर अमेरिकाले अहिलेसम्म यसको प्रमाण भने फेला पारेको छैन ।
यो आपूर्ति गत भदौदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ ।
रसियाले यी सबै ड्रोन युक्रेनको महत्त्वपूर्ण पूर्वाधार जस्तै भवन, पुल र सडकमा आक्रमण गर्न प्रयोग गरेको उनको भनाइ छ ।
Comments