नक्कली शरणार्थी प्रकरणः पूर्व मन्त्री खाँणको बयान आज पनि
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिईने भएको छ ।
गत बिहिबार पक्राउ परे पनि सोमवारबाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।
सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ ।
सो प्रकरणमा मुछिए पनि खाँणले 'मोबाइल फरम्याट' गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमवारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको वयान दिए पछि खाँण सो पक्ररणमा तानिएका हुन ।
साथै, तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफुले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिईएको हो ।
Comments