‘मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति
बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पुर्याएको छ ।
करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ ।
अधिकारीका अनुसार कक्स बजारमा आएको आँधीका कारण कम्तीमा १२ हजार घर पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका छन् ।
उनले प्रभावित विकट क्षेत्रबाट जनधनको क्षतिका बारेमा आधिकारिक च्यानलमार्फत सूचना सङ्कलन भइरहेको जानकारी दिए । म्यानमारबाट आएका करिब १० लाख रोहिङज्या शरणार्थी रहेको बङ्गलादेशको कक्स बजार जिल्लाको शिविरमा रहेका सयौं अस्थायी आश्रयस्थलमा पनि क्षति पुगेको छ ।
Comments