सरकारी वकिल कार्यालयमा पूर्व गृहमन्त्री खाँणको बयान लिइँदै

नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा बयान लिइँदै छ ।

गत बिहिबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरेपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो । 

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहँदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन् । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

Comments

Back to top