टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईँदै
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईँदैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
शनिबार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।
Comments