इजरायली सेनाद्वारा गाजा क्षेत्रका हजारौं बासिन्दाको उद्धार

स्ट्रिपमा तीन शीर्ष प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादीहरूको मङ्गलबारको लक्षित हत्यापछि गाजा नजिकै बसोबास गर्ने हजारौं इजरायलीहरूलाई स्तानानन्तरण गरिएको छ।

यसैबीच रक्षामन्त्री योभ ग्यालान्टले गाजामा आतङ्कवादी गुटहरूबाट जवाफी रकेट फायरको प्रत्याशामा “गस्ट अफ विन्ड”  नामले चिनिने उक्त कदम बारे चनाखो हुँदै सचेत र सुरक्षित हुने योजनालाई अनुमोदन गरेका छन् । त्यसैगरी गाजा-क्षेत्रका बासिन्दाहरू आफ्नै पहलमा अस्थायी रूपमा देशका अन्य भागहरूमा सरेका छन्।

सुरक्षित स्थानानन्तरण कार्यक्रम स्थानीय अधिकारीहरूद्वारा सञ्चालित छ र गाजा सीमा नजिकका इलाकाका प्रत्येक बासिन्दालाई गेस्टहाउसहरूमा राज्यको सहयोगमा व्यवस्थापन गरिँदै गरेको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

Comments

Back to top