खाँणमाथि अनुसन्धान गर्न थप ४ दिन म्याद थप

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ।

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंबाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिँदै थियो । 

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पूर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिबार पक्राउ गरिएको थियो। 

Comments

Back to top