दैलेखको स्वास्थ्य केन्द्रमा आगजनी, आगो लगाएको आशंकामा प्रहरी छानबिन सुरु

दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ । 

स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुँदा सो स्टोरमा रहेका सबै औषधी र उपचारजन्य सामग्रीहरु जलेर नष्ट हुन पुगेको छ । सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महंगो औषधि र उपकरण राखिएको थियो । 

उनका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मुल्य बराबरको धनमाल क्षती भएकाे हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ  ।

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन् । उनका अनुसार पहिला पनि सो स्वास्थ्य केन्द्रमा तोडफोड भएकाले नियतबस आगो लगाईएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । 

Comments

Back to top