बंगलादेशमा विकसित भइरहेको ‘मोखा चक्रवात आँधी' ले नेपालमा प्रभाव पार्ला?
मुख्य गरी बंगलादेशमा आतंक मच्याउने भनिएको ‘मोखा’ चक्रावतको नेपालमा भने प्रभाव देखिने छैन ।
सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमबिद्धहरुले अनुमान गरेको बेला नेपालमा भने त्यसको प्रभाव नदेखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ,’ नेपालको मौसम बिभागले भनेको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
Comments