नेप्सेमा भारी अंकको गिरावट, परेन एमसीसी प्रभाव
आज सोमबार ४३.१० अंकले घटेर १.६२ % गिरावटको साथ नेप्से २६१०.६० अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये ७ कम्पनी उकालो लागेका छन्, १८३ कम्पनी ओरालो लागेका छन् र मात्र १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका तेह्र उप-समुहमध्ये सबै १३ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।
बजार पूँजीकरण घटेर रु ३६ खर्ब ९७ अर्ब पुगेको छ ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३१९ ) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६०० ) माथि आएर बन्द भएको छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा -३२ ले तल आएको देखिन्छ। हिस्टोग्राम हिजोको -१६.२७ भन्दा केहि बढेर आज -१९ अकंमा छ। एमएसिडी लाइन निरन्तर तलतिर लागेको जस्तो देखाएको छ र सिग्नल लाइन जिरो लाइन भन्दा तल -१३.९ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रि चाप बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तल लागेको देखिएको छ। साथै -१४ डिएमआई लाइन माथि नै लागेको छ र सिग्नल लाइन तलतिर बाट माथितिर जान लागेको देखिएको छ जसले ट्रेन्ड निरन्तरता हुनेजस्तो संकेत देखाएको छ । +१४ डिएमआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर दुवै विपरित दिशामा बढिराखेको देखिन्छ जसले सेलिंग बढी भएको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिस क्यान्डल बनाएको छ जसले बजारमा सेलिङ्ग बढी भएको देखाउँछ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -२५९३ देखि बढेर -२७६९ मा आएको छ। नेप्सेको कुल भोल्युम ६६८७६५२ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७४७२२५०) को ८९ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड २६०० माथि क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -३२ मा पुगेको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -१३.९ मा आएको छ भने हिस्टोग्राम -१९ मा रहेको छ ।
-१४ डिएमआई लाइन निरन्तर माथि लागेको को छ भने +१४ डिएमआई लाईन तलतिर लागेको छ र एडिएक्स लाइन माथितिर फर्किन लागेको देखिन्छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ । यसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ३८ बाट घटेर ३४ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २६९० को एरिया रहेको देखिन्छ।
Comments