ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरका लागि मंसिर १८ गते बुक क्लोज गर्ने
ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । पावर कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
धितोपत्र बोर्डले यस कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।
कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।
१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
एजेन्सी
Comments