एमसीसी अनिश्चित हुँदा नेप्सेमा झिनो अंकको गिरावट

आज आइतबार ७.७३ अंकले घटेर ०.२९ % गिरावटको साथ नेप्से  २६५३.७० अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये  ७० कम्पनी उकालो लागेका छन्, ११७ कम्पनी ओरालो लागेका छन् र ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये ११ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् र २ मात्र उप-समुहको सेयर मूल्य उकालो लागेका छन् ।

बजार पूँजीकरण घटेर रु ३७ खर्ब ५८ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: February 27, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः ३०७ ) जसले बजारमा भोलाटाइलिटी बढेको  इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६२० ) माथि आएर बन्द भएको छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -२६ ले तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -१६.२७ भन्दा केहि बढेर  आज  -१६.८  अकंमा छ। एमएसिडी लाइन निरन्तर तलतिर लागेको  जस्तो देखाएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -९   मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रि चाप बढी भएको देखिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तल लागेको  देखिएको छ  साथै  -१४ डिएमआई लाइन माथि नै लागेको  छ  र सिग्नल लाइन पनि लगातार  तलतिर नै  लागेको  देखिएको छ जसले अलिकति ट्रेन्ड निरन्तरता दिने जस्तो देखाएको छ ।  +१४ डिएमआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर दुवै बढिराखेको देखिन्छ जसले सेलिंग बढी भएको  जनाउँछ।  

४. क्यान्डलस्टिक

 आज नेप्सेले डोजी   क्यान्डल बनाएको छ जसले  बजारको  कुनै निश्चित दिशा नभएको देखाउँछ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: February 27, 2022

क्युमुलेटिभ एडी लाइन  -२५४६   देखि बढेर  -२५९३ मा आएको छ। नेप्सेको कुल भोल्युम ५८७८१०८  रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७४०६६७४)  को ७९ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २६२० को माथि  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -२६ मा पुगेको  छ र सिग्नल लाईन पनि जिरो लाइन तल -९  मा  आएको छ भने हिस्टोग्राम -१६.८   मा रहेको छ ।

-१४ डिएमआई लाइन निरन्तर  माथि लागेको को   छ भने +१४ डिएमआई लाईन तलतिर  लागेको छ  र एडिएक्स लाइन लगातार घटेको  छ र आज केहि स्थिर भएको र ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ  बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ३८.७  बाट घटेर ३८.१ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको  जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६२० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २६९० को एरिया रहेको देखिन्छ ।

Comments

Back to top