कस्तो रह्यो यो साताको नेप्से ?
शुक्रबार। गत साता २.४६% ले घटेको नेप्से यो साता पनि २.६ %ले घटेको छ।यस साताको पहिलो कारोबार दिन आइतबार २७१३ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार सम्म ७१ अंकले घटेर २६६१ को बिन्दुमा आएको छ।२७०० को बिन्दु लाई राम्रो टेवा बनाएको नेप्सेले साताको अन्तिम कारोबारमा भने टेवालाइ तोडेर तल आएको देखिन्छ।
यस साता कारोबार भएका १२ उप-समुहहरु ओरालो लागेका छन् र १ मात्र हाइड्रो सेक्टर उकालो लागेको छ ।
यस साताको टप गेनर्स(Gainers)
यस साताको टप लुजर्स(Loosers)
प्राबिधिक विश्लेषण
नेप्सेले मिडल ब्याण्डको सपोर्ट २७९० लाइ ब्रेक गरेर मिडल ब्याण्ड भन्दा तल क्लोज भएको छ जसले बजारमा बिक्रि बढी भएको जनाउँछ। एमएसिडि लाइन जिरो लाइन र सिग्नल लाइन दुवैको माथि ६.१६ मा तर गत साता भन्दा तल आएको हो जसले बजारमा बिक्रिकर्ता हावि भएको जनाउँछ। -१४ डिएमआई लाईनल, +१४ डिएमआई लाईन माथि रहेको देखिन्छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको देखिन्छ । आरएसआइ ५० बाट घटेर ४७ मा आएको छ जसबाट आरएसआइको अपवार्ड मोमेन्टनमा घटेको देखिन्छ । नेप्सेको आगामी दिनको नजिकको सपोर्ट फिबोनाकी ०.५ को रेसियो अनुसार २६२० रहेको देखिन्छ र नेप्सेको आगामी दिनको अवरोध २७०० को लेबल हुन आउछ।
Comments