७९ हजार ४५० जनाले पाए राष्ट्र उत्थान लघुवित्तको आईपिओ

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा विक्री खुल्ला गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार हिजो ३ बजे क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा बाँडफाँट कार्य सम्पन्न भएको हो ।

लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ७९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको छ ।

Comments

Back to top