साताको अन्तिम दिन नेप्सेमा भारी अंकको गिरावट

आज बिहिबार ५८.९९ अंकले घटेर २. १७ % गिरावटको साथ नेप्से  २६६१.४४ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये  ६ कम्पनी मात्र उकालो लागेका छन्, १८५ कम्पनी ओरालो लागेका छन् र शून्य कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै १३ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण घटेर रु ३७ खर्ब ६९ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: February 24, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज  बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको  विश्लेषणले देखाउँछ (आजको फरकः २८७ ) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६३२ )नजिक आएर बन्द भएको छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाईन जिरो लाईन  भन्दा -२१  ले तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -१४.६  भन्दा केहि बढेर  आज  -१६   अकंमा छ। एमएसिडी लाईन  फर्किन लागेको जस्तो देखाएको छ  र सिग्नल लाईन जिरो लाईन भन्दा तल  -४  मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रि चाप बढी भएको देखिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाईन तल लागेको  देखिएको छ । साथै  -१४ डिएमआई लाईनले +१४ डिएमआई लाईनलाई  तलबाट क्रस गरेर माथि गएको  छ  र सिग्नल लाईन पनि लगातार  तलतिर नै  लागेको  देखिएको छ।  +१४ डिएमआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर दुवै बढिराखेको देखिन्छ जसले सेलिंग बढी भएको  जनाउँछ। 

४. क्यान्डलस्टिक

 आज नेप्सेले बियेरिस क्यान्डल बनाएको छ जसले  बजारमा  बिक्रिकर्ताको  चाप आएको  देखिन्छ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: February 24, 2022

क्युमुलेटिभ एडी लाईन  -२३६७   देखि घटेर    -२५४६  मा आएको छ। नेप्सेको कुल भोल्युम ७४१४७०२  रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७४७८६८६)  को ९९ प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २६३२ को नजिक  क्लोज भएको छ। एमएसिडी लाईन जिरो लाईन भन्दा  तल  -२१   मा पुगेको  छ र सिग्नल लाईन पनि जिरो लाईन तल -४ मा  आएको छ भने हिस्टोग्राम -१६   मा रहेको छ ।

-१४ डिएमआई लाइन क्रस गरेर माथि लाहेको   छ भने +१४ डिएमआई लाईन तलतिर  लागेको छ  र एडिएक्स लाईन लगातार घटेको  छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ४४  बाट घटेर ३८.७   मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको  जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६३२  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २६९० को एरिया रहेको देखिन्छ ।

Comments

Back to top