बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप भएको छ। कम्पनीको आईपीओमा आवेदन दिने छिटो अवधि आजसम्म रहेपनि आईपीओमा पूर्ण आवेदन नपरेको हुनाले फागुन १९ गतेसम्म विक्री हुनेछ।
कम्पनीको आईपीओमा बुधवार बिहान १० बजेसम्म ५ लाख ५० हजार २३० कित्ताका लागि आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त अवधिसम्म २ हजार ९२२ जनाले ५ करोड ५० लाख बराबरको आवेदन दिएका हुन्।
कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुल्ला गरेको थियाे ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ ।
बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाृँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ।
कम्पनीले निष्कास गरिरहेको आईपीओकाे विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदकले कुमारी बैंकको जलवीरे शाखा, एनसीसी बैंकको बाेडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाख र चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलवीरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन्।
Comments