अर्थमन्त्री शर्माले गरे राजीनामाको घोषणा
अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
आज प्रतिनिधिसभामा बजेटमा उठेका विषयमा प्रस्ट पार्दै उनले आफूले छानबिन समितिलाई सहयोग मार्गप्रशस्त गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। “मैले यहीँबाट राजीनामाको घोषणा गर्छु”, उनले भने, “छानबिन समितिलाई सहयोग पनि गर्छु र तथ्यमा पुग्न पनि आग्रह गर्छु।”
शर्माले आफू एउटामात्रै होइन हजारौँ छानबिनको सामना गर्न तयार रहेको बताए। उनले देशको पक्षमा काम गरेको हुँदाहुँदै पनि विभिन्न भ्रम छर्ने काम भएको दाबी गरे।
“राष्ट्र र जनताको पक्षमा उभिएर निरन्तर अगाडि बढिरहेको मान्छेमाथि अनावश्यक लान्छना लगाएकोले यसलाई मैले खारेज गर्छु”, उनले भने, “म छानबिनको सामना गर्न र सहयोग गर्न पनि तयार छु।”
Comments