अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति, देलान त राजीनामा ?

आगामी आर्थिक बर्षको बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी करका दर हरफेर गरेको बिषय पेचिलो बन्दै गएपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेपछि समिति गठन हुने भएको हो ।

बुधबार एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

११ सदस्यीय संसदीय छानविन समितिमा सहमति सदस्यहरु यस प्रकार छन्:

एमाले
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक

कांग्रेस
पुष्पा भुसाल
सीताराम महतो

माओवादी केन्द्र
देव गुरुङ
शक्ति बस्नेत

नेकपा एस
सरला यादव

जसपा
सुरेन्द्र यादव

लोसपा
लक्ष्मणलाल कर्ण

Comments

Back to top