अर्थमन्त्री विवाद: छानबिन गर्न ६ सदस्यीय संसदीय समिति गठन हुँदै
यस आर्थिक बर्षको बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी करका दर हरफेर गरेको विषयमा विवाद बढ्दै गएपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेपछि समिति गठन हुने भएको छ।
बुधबार एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।
६ सदस्यीय संसदीय छानविन समिति गठन हुने सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिसकेको छैन । अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध सदनदेखि सडकसम्म विरोध भइरहेको छ ।
Comments