राष्ट्र बैंकले १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्ने
नेपाल राष्ट्र बैंकले आज १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले असार २१ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज १८ गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० असार १९ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन्।
Comments