राष्ट्र उत्थान लघुवित्तको आईपिओ बिहीबार बाँडफाँड हुँदै

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा विक्री खुल्ला गरेको आईपिओ बिहीबार बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपिओ बिहीबार दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

Comments

Back to top