अर्थतन्त्र सुधार्न सबै मिलेर लाग्नुपर्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न सबैले काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संघको नव निर्वाचित कार्यसमितिको सपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र सुधारको लागि सबैले काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

अर्थ व्यवस्था सहज र सबल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। उनले सीएहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने बताए । कोरोना महामारी पछि रुस–युक्रेन युद्धको असर विश्वभर परेको र यसबाट नेपाल समेत प्रभावित भएको भन्दै अर्थतन्त्रमा नयाँ चुनौती थपिएको उनको भनाइ छ ।

Comments

Back to top