‘महिन्द्रा स्कर्पियो-एन’ नेपाल भित्रियो

महिन्द्राले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ । महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो ।

नयाँ महिन्द्रा स्कर्पियो-एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २०२२मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण गरेको छ ।

महन्दि्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल-न्यू स्कर्पियो-एनलाई अनावरण गरेको हो । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफनो बहुप्रतिक्षित एसयूभी सार्वजनिक गर्दै कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको नयाँ गाडीलाई बजारमा स्थान दिएको हो ।

घोषणा कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल-न्यू स्कर्पियो-एन एकैसाथ अनावरण गर्न पाउँदा खुसी लागको मात्रै बताएनन्, यो नयाँ ‘ट्विनपिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि भएको जानकारी दिए । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए ।

नयाँ महिन्द्रा स्पकर्पियो-एनले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज दिन्छ । यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च खालको प्रदर्शन र क्षमताहरू देखाउनेमा कम्पनी विश्वस्त छ । अल-न्यू स्पर्पियो-एनको अनावरणले महिनाको नयाँ ‘भिजुअल आइडेन्टी’को अनावरणलाई संकेत गरेको छ । कम्पनीलाई एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको कम्पनीले जनाएको छ । यसमा राखिएको ‘ट्विन पिक’ लोगोले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।

यो गाडी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो । संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको यो विश्वस्तरीय सुविधासहित आएको छ ।

कम्पनीले यो गाडीलाई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ ।

महिन्द्रा स्कर्पियो-एन मोडल हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि छ । स्कर्पियोको बिरासतलाई एक खुडि्कलो माथि उचाल्दै स्कर्पियो-एनले नयाँ इतिहास रच्ने विश्वास कम्पनीको छ ।

कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ । यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ । यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट बनोटको देखिन्छ ।

गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ । सिग्नेचर डुआल ब्यारेल हेडल्याम्प छ । गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि छ ।

पार्किङका लागि रियर क्यामेरा पनि छ । गाडीका झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट पनि छ । डायमन्ड कट एलोए हि्वल पनि छ । एलईडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ ।

Comments

Back to top