नेप्सेमा दोहोरो अंकको गिरावट, हाइड्रोमा भने खरिद चाप

आज बुधबार  १५.५० अंकले घटेर ०.५७ % गिरावटको साथ नेप्से  २७२०. ४३ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये  ५८ कम्पनी उकालो लागेका छन्, १२८ कम्पनी ओरालो लागेका छन् र ५  कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये २ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने ११ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण घटेर रु ३८ खर्ब ५३ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: February 23, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज  बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको   विश्लेषणले देखाउँछ (आजको फरकः २६६  ) जसले बजारमा भोलाटाइलिटी बढेको   इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६५२ )भन्दा माथि र मिडिल ब्याण्ड (२७८५) भन्दा तल क्लोज भएको छ जसले बजारमा  अकुमुलेसन भएको देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -१५   अंक ले तल आएको  देखिन्छ। हिस्टोग्राम हिजोको  -१६  भन्दा केहि बढेर आज  -१४.६  अकंमा छ। एमएसिडी लाइन  फर्किन लागेकोजस्तो देखाएको छ  र सिग्नल लाइन जिरो लाइनको नजिक -०.८७  मा आएको  छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिद र बिक्रिमा होडबाजी  बढी भएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तल    लागेको    देखिएको छ साथै  -१४ डिएमआई लाइन पनि  तल  तिर फर्किएको छ  र सिग्नल लाइन पनि लगातार  तलतिर नै  लागेको  देखिएको छ।  +१४ डिएमआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर दुवै तलतिर  गएको देखिन्छ जसले सेलिंग बढी भएको  हुन सक्ने सम्भावना  जनाउँछ।  

४. क्यान्डलस्टिक

 आज नेप्सेले बियेरिस क्यान्डल बनाएको छ जसले  बजारको अन्तिममा बिक्रिकर्ताको  चाप आएको  देखिन्छ ।

५. क्युमुलेटिभ एडी लाइन

NEPSE Daily Update: February 23, 2022

क्युमुलेटिभ एडी लाइन  -२२९७      देखि बढेर   -२३६७  मा आएको छ। नेप्सेको कुल भोल्युम ५६३४८०२    रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७५३८३३३  )  को ७५  प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड २६५२   भन्दा माथि  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -१३  मा पुगेको  छ र सिग्नल लाईन पनि जिरो लाइन तल -०.८७ आएको छ भने हिस्टोग्राम -१४  मा रहेको छ । एमएसिडी लाइन  माथि   फर्किन लागेको देखिन्छ।

-१४ डिएमआई लाइन बढेर फेरी घटेको  छ भने +१४ डिएमआई लाईन भने तल तिर  लागेको छ  र एडिएक्स लाइन लगातार घटेको  छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ४६     बाट बढेर  ४४.५   मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको  जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६५२   को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २७४५   को एरिया रहेको देखिन्छ ।

Comments

Back to top