चलनचल्तीको नोटमा २६ अर्बको गिरावट !
जेठ महिनामा २६ अर्बले चलनचल्तीमा रहेको नोट घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको छ । बैशाख मसान्तमा ६ खर्ब ३५ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट थियो ।
बैशाखमा स्थानीय तहको निर्वाचन भएको कारणले चैतको तुलनामा नोटको आपूर्ति बढेको थियो । स्थानीय निकायको निर्वाचनपछि बैंकिंग प्रणालीमा पैसा फर्केको हो ।
Comments