श्रीलंकाबाट नेपाल सारियो विश्व बैंक क्षेत्रीय कार्यालय, नेपाललाई फाइदा कि बेफाइदा ?
विश्व बैंकको क्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपाल सरेको छ । कार्यालयको काठमाडौंमा उद्घाटन भएको हो। अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा कार्यालय उद्घाटन गरे ।
यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा रहेको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ। अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ।
नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहीआएको बताए ।
सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब तीन अर्ब अमेरिकी डलर बराबरको प्रतिवद्धता प्राप्त भइसकेको छ।
Comments