वाउ किड्स जोन: बाल सामग्रीको लागि ‘वन स्टप सेन्टर’

वाउ किड्स जोन नयाँ बानेश्वरस्थित बाल सामग्रीको ‘वन स्टप सेन्टर’ हो । यो स्टोर आईप्लेक्स मलको नजिक रहेको छ।

यस शपिंग स्टोरमा बालबालिकालाई चाहिने हरेक किसिमका सामाग्री पाइने संचालक उमेश चौलागाईंले बताए । यो स्टोर कालो पुलबाट भर्खरै नयाँ बानेश्वर सारिएको हो । यस स्टोरलाई नयाँ स्थानमा सारेर अझै भव्य बनाईएको संचालक चौलागाईंले प्रष्ट पारे ।

विगत ६ वर्षदेखि संचालित यस पसलले बच्चाहरुको गुणस्तरीय सामानहरु बिक्री गर्दै आएको छ । यहाँ भर्खरै जन्मेको देखि ७-८ वर्षको बच्चाहरुलाई चाहिने हरेक चीज राखिएको प्रोपराइटर चौलागाईंले बताए । “हाम्रो पसलमा बच्चाहरुलाई खुवाउने सामाग्री देखि लिएर खेल्ने सामग्री जस्तै बाइक, वाकर, स्कुटर आदिको साथै कपडाहरु, पास्नी, जन्मदिन आदिमा लगाइने विशेष ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ,” प्रोपराइटर चौलागाईंले बताए।

“हाम्रो स्टोरमा आएपछि बच्चाहरुको सामान नपाएर फर्किन पर्दैन,” चौलागाईंले विश्वस्त पारे । “हामीले ब्रान्डेड कम्पनी जस्तै पार्लिन, डक्टर ब्राउन आदिको पनि सामग्रीहरु सुपथ मूल्यमा बिक्री गर्दछौं,” उनले थपे ।

यस स्टोरमा प्रेग्नेन्सीको बेलामा आमा र बच्चालाई चाहिने सम्पूर्ण सामग्रीहरु समेटिएको हस्पिटल प्याकेज पनि उपलब्ध रहेको संचालक चौलागाईंले बताए।

Comments

Back to top