नेप्सेमा हाइड्रोपावरले ल्यायो रौनक
एम. सी. सी. पास हुने सम्भावना बढेसंगै आज सेयरबजारमा हाइड्रोपावरहरुको खरिद चाप बढेको देखिन्छ। पहिलो २ घण्टामा करिब डेढ अर्बको कारोबार हुँदा घलेम्दी हाइड्रोपावरले पोजिटिभ सर्किट लेबलमा खरिदबिक्री हुँदै सर्वाधिक कारोबार गरेको छ। त्यस्तै, लगातार २ दिनदेखि पोजिटिभ सर्किट लागेको युनाईटेड मार्दी हाइड्रोपावरले आज तेस्रो दिन पनि सर्किट लेबलमा कारोबार गरेको छ।
आजको सर्वाधिक कारोबार गर्ने १० कम्पनीहरु मध्ये ९ कम्पनि हाइड्रोपावर सेक्टरबाट रहेका छन्। आज नेप्से २७४० को आसपास तलमाथि हुँदै चलिरहेको छ।
Comments