लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनी कारवाहीमा
समययमै लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनी कारवाहीमा परेका छन् । बीमा समितिले जीवन बीमा कम्पनी, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाही स्वरुप जरिवाना गरेको हो । यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो।
अहिले भने कम्पनीले १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेको छ। बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।
आर्थिक वर्ष २०७७-०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले र आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार ५ सय रुपैयाँ जरिवाना गरेको समितिले जनाएको छ।
आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुमा नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ ,सिटिजन लाइफ, महालक्ष्मी लाइफलगायत छन्। यी कम्पनीलाई १० हजार रुपैयाँको दरले जरिवाना गरिएको हो।
यसैगरी, आर्थिक वर्ष २०७६/०७७को लेखापरीक्षण प्रतिवेदन नबुझाएका राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, रिलायबल, सानिमा लाइफ, ओरिएण्टल नेशनल र राष्ट्रिय बीमा कम्पनीलगायत छन्। विद्यमान कानूनी व्यवस्थाको पुनः दोस्रो पटक आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई उल्लङ्घन गरेकाले उक्त कम्पनीहरुलाई दोस्रो पटक ५ सय रुपैयाँ थप गरी १० हजार ५ रुपैयाँले जरिवाना गरिएको समितिले जनाएको छ।
Comments