इन्धनको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडामा ७ प्रतिशतसम्म वृद्धि
सरकारले इन्धनको मूल्य एक्कासी बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ ।
यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल-मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।
डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन विभागले सूचना मार्फत जानकारी गराएको हो ।
विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।
Comments