नेपालमा अनरका तीन नयाँ स्मार्टफोन लन्च हुने

नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर ब्राण्डको तीन फरक मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याउने बताएको छ ।

कम्पनीका अनुसार अनर एक्स७, एक्स८ र एक्स९ नेपाली बाजारमा ल्याउन लागेको हो । जुनको तेस्रो सातादेखि नेपालभर अनलाइन र अफलाइन माध्यमबाट सुलभ मूल्यमा उक्त मोडलका स्मार्टफोन उपलब्ध हुने कम्पनीले जनाएको छ । ती फोनका विशेषता यस प्रकार छन्:

अनर एक्स ७

अनर एक्स ७ मा रहेको असाधारण ५००० एमएएच ब्याट्रीले प्रयोगकर्ताहरुलाई एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिन्छ ।

अनरको शक्तिशाली टेक्नोलोजीले विश्वव्यापी स्मार्टफोन प्रयोगकर्ताहरूका लागि अनर एक्स७ मा २२.५ डब्ल्यू अनर वायर्ड सुपरचार्ज सुविधा दिन्छ । जसले केवल १० मिनेटमा तीन घण्टाको अनलाइन भिडियो प्लेव्याक गर्न मद्धत गर्दछ । यसको मद्धतले प्रयोगकर्ताहरुलाई अनलाइन टेक्स्टिङ, अनलाइन सपिङ, गेमिङ, भिडियो स्ट्रिमिङ का लागि आफ्नो यन्त्रलाई द्रुत रुपमा पावर अप गर्दछ ।

अनर एक्स ७, ४७ डिग्री कर्भ बडीकासाथ डिजाइन गरिएको छ । केवल ८.६२ एमएम पातलो छ । हातको हत्केलामा पूण रुपमा फिट हुन्छ । ६.७४ इन्चको अनर फूलभ्यू लिक्विड क्रिस्टल डिस्प्लेसँग सुसज्जित अनर एक्स७ ले १६.७ मिलियन रङहरु प्रदर्शन गर्दछ । जसले वास्तविक जीवनमा चलचित्रहरु हेर्न, तस्वीरहरु बनाउन गर्न गेमिङका लागि इमर्सिभ दृश्य अनुभव गराउँदछ ।

अनर एक्स ८

अविश्वसनीय रूपमा पातलो र स्टाइलिस अनर एक्स८ अल्ट्रा स्लिम र हल्का वजनको साथ डिजाइन गरिएको छ । केवल ७.४५ एमएम मोटो र १७७ ग्राम तौल हुन्छ । फ्ल्याट-एज डिजाइन र चारै तर्फबाट इलिजेन्ट गोलाकार कुनाहरूले गर्दा अनर एक्स८ एक हातको हत्केलामा आरामसँग फिट हुन्छ ।

प्रयोगकर्ताहरुलाई तौल नहुने सुनिश्चित गर्दै साना ह्यान्ड व्यागहरु र खल्तीमा सजिलैसँग राख्न सकिन्छ।

अनर एक्स ९

४८०० एमएएचको लामो समयसम्म चल्ने ब्याट्रीले भरिएको अनर एक्स ९ले १३.७ घन्टासम्मको सामाजिक सञ्जाल अन्वेषण, १६.३ घण्टा भिडियो एप प्रयोग वा २५.६ घण्टा कल, सबै एकल चार्जमा प्रदान गर्दछ । जुन आफ्नो शक्तिको लागि ब्याट्री कार्य सम्पादनको आवश्यकताका लागि उपयुक्त छ।

अनरको शक्तिशाली टेक्नोलोजीले सबै विश्वव्यापी स्मार्टफोन प्रयोगकर्ताहरूका लागि अनर एक्स९ मा अनरको नवीन ६६ वाट वायर्ड अनर सपरचार्ज टेक्नोलोजीलाई समर्थन गर्दछ । जसले केवल १५ मिनेटमा ४८ प्रतिशत र ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सक्छ । जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा शक्ति प्रदान गर्न सक्छ।

Comments

Back to top