सामसङको ए आई टेक्नोलोजी भएको वाशिंग मेसिन बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले नयाँ मोडलका वाशिंग मेशिनहरु बजारमा लन्च गरेको छ । नयाँ एआइ एकोबब्बल वासिङ मेशिनहरु सहज गुणस्तरीय रहेको कम्पनीले बताएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा यी वाशिंग मेसिनको विशेषताबारे यस्तो भनिएको छ: वाशिंग मेशिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध छन् र यी मोडलहरु एआइ कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विशेषताहरुयुक्त छन्। एआई कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ, साथै मेशिन लर्निङ प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ । २०२२ का वाशिंग मेशिनहरुमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाई र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जुसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जि जीवाणुहरु र हटाउन सक्षम छ ।

यी सम्पूर्ण नयाँ वाशिंग मेशिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङ्गको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुने बताईएको छ । यी मेशिनहरुको शुरुवाती मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ तोकिएको छ ।

Comments

Back to top