बढ्दै वाईवाईको वर्चस्व, रुसपछि इजिप्ट प्रवेश गर्दै चौधरी ग्रुप
यूरोपेली मुलुकहरुमा बजार विस्तारलाई प्राथमिकता दिएको चौधरी समूह(सिजी ग्रुप)ले इजिप्टमा पनि वाईवाई चाउचाउ उत्पादन गर्ने भएको छ ।
चौधरी समूहका अध्यक्ष विनोद चौधरीका अनुसार इजिप्टमा निर्माणाधीन उद्योगको शिलान्याश गरिएको जानकारी फेसबुक पेजमार्फत् सार्वजनिक गरेका छन् । इजिप्टको बेनी सुएफ भन्ने स्थानमा उद्योग स्थापना भइरहेको छ । सन् २०२१ मै यो उद्योग संचालनमा ल्याउने योजना रहेपनि ढिलो भएको छ । यूरोपको सर्भिया पछि रुसमा प्रवेश गरेको चौधरी समूहले इजिप्टमा समेत उद्योग स्थापना शुरु गरेको हो ।
चौधरी समूहले सर्भियामा संचालनमा रहेको स्थानीय खाद्य उद्योग खरिद गरेको थियो । त्यसैगरी युरोपेली बहुर्राष्ट्रिय खाद्य उत्पादक समूह गलिना ब्लांकको रुस र सिआइएस(कमवेल्थ अफ इण्डिपेन्डेन्ट नेशन्स)मा रहेको जिबी फुड्सको उद्योग र सम्पूर्ण व्यापार खरिद गरेर गत असोजमा रुसमा प्रवेश गरेको थियो । इजिप्टमा भने नयाँ उद्योग नै स्थापना गर्न लागेको छ ।
Comments