पाल्पा सिमेन्टले आईपीओ ल्याउने

नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ ।सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका थिए ।

पाल्पा सिमेन्टकोप्रति कित्ता एक सय अङ्कित मूल्यमा ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोडको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

सो सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ ।

एजेन्सी

Comments

Back to top