नेपाल–कतारबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल र कतारबीच आठ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच भएको द्विपक्षीय बैठकपछि समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

काठमाडौँको होटेल सोल्टीमा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट दुई दिने राजकीय भ्रमणमा आएका राजा शेख तमिम विन हमद अल थानीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

सरकारी तहमा छ र निजी क्षेत्रबीच दुई गरी आठ वटा समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद, शिक्षा, कला तथा संस्कृति, न्याय, समाचार, पराष्ट्र मामिला, उद्योगबीच समmभदारी भएको हो । 

प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीको उपस्थितिमा विभिन्न सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

योसँगै दुई दिने राजकीय भ्रमणमा आएका कतारी राजाको प्रतिनिधिमण्डल अपरान्ह स्वदेश फर्कने छ । 

एजेन्सी

Comments

Back to top