पैसा कमाउन चाहनेहरुका लागि रतन टाटाका १० प्रभावकारी टिप्स

रतन नवल टाटालाइ नचिन्ने मान्छे कम नै होलान । आज हामी उनले सफल हुनका लागि दिएका १० प्रभावकारी टिप्सबारे हामी जानकारी दिँदै छौं जुन तपाईलाई लाभदायक हुनसक्छ ।

१. रतन टाटाको मान्यता अनुसार व्यक्तिले आफ्नो योग्यता र परिस्थिती अनुसार अवसर र चुनौतीको पहिचान गर्नुपर्छ । तपाईंबारे तपाईंभन्दा राम्रो अरु कसैले पनि बुझेको हुँदैन त्यसकारण तपाईं आफ्नो वर्तमान परिस्थिती र योग्यतालाई बिचार गरेर अवसरको सही लाभ उठाउनुहोस् ।

२. तपाईं जस्तो हुनुहुन्छ त्यसलाई स्विकार गर्न आफूभित्र एक क्षमताको विकास गर्नुहोस् । वास्तविकतामा जिउँन भरपुर कोसिस गर्नुहोस् । जबसम्म तपाईं आफूमाथि विश्वास राख्नुहुन्न, जीवन राम्रोसँग चल्न सक्दैन ।

३. रतन टाटा वर्तमान समयमा यति उचाईसम्म पुगिसकेपछि पनि निकै विनम्र स्वभावका व्यक्ति हुन् र उनका अनुसार विनम्रता मानिसको व्यक्तित्वको आभुषण हो । विनम्रताले हाम्रो व्यक्तित्वमा निखार ल्याउनुका साथै थुप्रै पटक हाम्रो सफलताको कारण पनि बन्ने गर्दछ ।

४. के तपाईंलाई थाहा छ, रतन टाटाले पढाई पूरा गरेपछि जब काम सुरु गरे तब उनको पहिलो काम के थियो रु उनी टाटा स्टिलको ब्लास्ट फर्नेसमा कोइला र चुन ढुङ्गा फ्याँक्ने काम गर्दथे । तर उनले यो कामलाई निकै दृढताका साथ गरे र आज उनी कहाँ पुगेका छन् त्यो हामीलाई थाहै छ ।

त्यसकारण रतन टाटा सधैं यो मान्छन् कि कुनै पनि काम सानो र ठूलो हुँदैन । मात्र व्यक्तिले आफ्नो कामलाई पूरा दृढता र आनन्दपूर्वक गर्नुपर्छ । यतिमात्र होइन, जीवनको बाटोमा थुप्रै बाधा व्यावधान आउँछन्, यसबाट पछि हट्नुको साटो त्यससँग जुघ्नुपर्छ ।

५. हरेक व्यक्तिले सधैं उच्च मानसिकता राख्नुपर्छ नभए पछि पर्ने सम्भावना निकै उच्च हुन्छ । जसरी फलामलाई कसैले हानी गर्न सक्दैन तर त्यसको आफ्नै लडाईंले त्यसलाई नष्ट गर्नसक्छ त्यसरी नै कुनै पनि व्यक्तिलाई कसैले नष्ट गर्न सक्दैन, उसको आफ्नै मानसिकता बाहेक ।

६. रतन टाटाको मान्यता अनुसार हरेक दिन हामीले केही न केही गर्नैपर्छ ता कि पछि हामीले पछुताउन नपरोस् । उनी भन्छन्, ‘जुन दिन म उड्न योग्य हुने छैन, त्यस दिन मेरा लागि सबैभन्दा नराम्रो दिन हुनेछ । ’ त्यसकारण हरेक दिन हामीले केही न केही गरिराख्नु पर्छ अनिमात्र भविष्यमा त्यसको नतिजा देख्न पाइन्छ ।

७. रतन टाटाका अनुसार हामीले सधैं आफू वरिपरिका व्यक्तिहरुसँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ । यदि तपाईं एक व्यवसायी हुनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो ग्राहकको विश्वास जित्नुहोस् । विश्वास संसारको सबैभन्दा अमूल्य पुँजी हो र यसले मानिसलाई सफल बनाउन निकै सहयोग गर्दछ ।

८. जीवनमा सधैं केही नौलो गर्न प्रयास गरिरहने रतन टाटाका अनुसार हामीले कसैलाई पछ्याउनु हुँदैन । सधैं अरुले भन्दा भिन्न गर्ने कोसिस गर्नुपर्छ । यति गरेमात्र भीडबाट अलग हुन सक्छौं । हरेक व्यक्तिमा केही विशेष गुण र प्रतिभा हुन्छ त्यसकारण प्रत्येक व्यक्तिले आफूभित्रको आन्तरिक गुण र प्रतिभाको पहिचान गर्ने कोसिस जारी राख्नुपर्छ ।

९. यदि कुनै काम गर्न समस्या भइरहेको छ भने त्यसलाई पूरा गरेर मात्र विश्राम लिनुहोस् । कठिनाइबाट कहिले पनि भाग्नुहुन्न । जहाँ संघर्ष छ, सफलता पनि त्यहीँ छ ।

१०. सफलताको कहानी पढ्नुहोस् र त्यसबाट केही सिक्नुहोस् । सफलताको कहानी पढ्दा मानिसभित्र नयाँ आशा संचार हुने गर्दछ । यस्ता कहानीले मानिसलाई केही ठूलो गर्ने उत्प्रेरित गर्छ । एजेन्सी

Comments

Back to top